पढाई नियमित हुनपर्ने भन्दै टीयूका विद्यार्थीले थुने २५ जना प्राध्यापकलाइ,पुलिसले पनि ताला फोड्न सकेन

0

वैशाख २० –त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायका विद्यार्थीले पढाई नियमित हुनपर्ने भन्दै विभागीय प्रमुखसहितका प्राध्यापकलाई थुनेका छन् । उनीहरुले विभागीय प्रमुख कृष्णप्रसाद आचार्यसहित २५ जना प्राध्यापकलाई विभागीय प्रमुखकै कार्यकक्षमा दिउँसोदेखि थुनेर राखेका छन् । करार हुनुपर्ने माग गर्दै आंशिक प्राध्यापक संघले वैशाख १६ गतेदेखि विश्वविद्यालयमा पढाउन छाडेका छन् । तर विद्यार्थीहरुले भने कक्षा नियमित हुनुपर्ने भन्दै बिहीबार विभागीय प्रमुखसहितका प्राध्यापकलाई थुनेका हुन् ।
‘बाहिर धेरै पुलिस पनि आएका छन्, तर अहिलेसम्म ताला खोलेर हामीलाई बाहिर निस्कन दिएका छैनन्’ कोठाभित्र थुनिएका बाबुराम राईले भने, ‘हामी २ जना आंशिक प्राध्यापक सही झण्डै २५ जना कोठमा थुनिएर बसेका छौँ, कतिखेर ताला खुल्ने हो थाहा छैन ।’

Share.

Leave A Reply