play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

बझाङमा बाढीले जीप बगाउँदा ३ जनाको मृत्यु

0

२० वैशाख, बझाङको झोताबाट सदरमुकाम चैनपुरतिर आउँदै गरेको जीप जयपृथ्वी नगरपालिका ७ सुवेडाको चौठा खोलामा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ ।गए राति ८ बजे खोलामा आएको ठूलो बाढीले से १ ज ८२० नम्बरको जिप बगाउँदा जिपमा सवार ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्ने खप्तड छान्ना गाउँपालिका २ का ३१ वर्षीय अम्मराज वन, २४ वर्षीय असु ओड र जीपचालक कञ्चनपुर दोधराका २६ वर्षीय रमेश चन्द रहेका प्रहरीले जनाएको छ ।
जीप खोलाले बगाएर झण्डै ५० मिटर तल खोँचमा पुरिएको अवस्थामा भेटिएको थियो । अप्ठ्यारो भीर र जीपलाई माटोले पुरिएकाले आज दिउँसो साढे २ बजेमात्र शव निकालिएको बझाङका प्रहरी प्रमुख डीएसपी ऋषिराम कँडेलले जानकारी दिए ।

Share.

Leave A Reply