play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा मध्यरातमा केरा खेति फडानी गरेको शंकामा केही पक्राउ

0

वैशाख २० – मध्यरातमा केरा बगानमा छिरेर तीन हजार भन्दा बढी केराको बोट ढालेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् । अनुसन्धानको क्रममा रहेकाले उनीहरुको नाम प्रहरीले सार्वजानिक गरेको छैन । चितवनको कालिका नगरपालिका वडा नं. ६ मा गएको सोमबार राति ३ हजार बोट केरा र आसपासको मकैका बोटसमेत काटिएको थियो । परिचय नखुलेको समूहले केरा वगानमा रातिको समयमा केराका बोट ढालेको घटनाका शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी वासुदेव खतिवडाले बताउनुभयो । उहाँले केही सूचना प्राप्त भएकोले मुख्य दोषीलाई छिटै नियन्त्रणमा लिएर कारवाही गरिने बताउनुभयो ।
केहीदिन अघि मात्रै यो क्षेत्रबाट लागु पदार्थ सेवन गरिरहेका युवालाई प्रहरीले पक्राउ गरेको थियो ।एउटा बोटमा फलेको केरा विक्री हुँदा किसानले पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यसबाट किसानको १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।

Share.

Leave A Reply