वैशाख १९,
प्रदेशसभा ३ ले आफ्नो पहिलो अधिवेशन अन्त्य गरेको छ । माघ १८ मा सुुरु भई वैशाख १४ गते सकिएको अधिवेशनले ६ वटा विधेयक पारित गरेको छ । यो अवधिमा प्रदेशसभा बैठक ११ दिनमा १९ पटक बसेको छ । प्रदेशसभा बैठक कुल ११ घण्टा ४३ मिनेट सञ्चालन भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।
बुधबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी सभामुख श्रेष्ठले प्रथम अधिवेशनबाट केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४, प्रदेशसभा नियमावली २०७४, सरकारको अनुमानित आयव्यय विवरण, सरकारको विनियोजन विधेयक २०७५ पारित भएको जानकारी दिए ।
त्यस्तै गाउँ नगर जिल्ला सभा सञ्चालन कार्य्विधि सम्बन्धमा बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा बनेको विधेयक प्रदेश सभाबाट सर्बसम्मतिले पारित गरेको उनले बताए ।
यस्तै प्रदेशसभाका सदस्य तथा पदाधिकारीको सुविधा सम्बन्धि बनेको विधेयक र मुख्यमन्त्री, मन्त्रीहरुको सुविधा सम्बन्धि विधेयक प्रदेश मामिला समितिमा छलफलको क्रममा रहेको सभामुख श्रेष्ठले जानकारी दिए ।
प्रदेश ३ ले जेठको चौथो साता आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बताइएको छ ।
प्रदेशसभा ३ को पहिलो अधिवेशन अन्त्य, ६ वटा विधेयक पारित
0
Share.