play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

भारतलाई पछिपार्दै एकदिवसीय वरियतामा इंग्ल्याण्ड शीर्ष स्थानमा

0

वैशाख १९ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एकदिवसीय वरियतामा भारतलाई उछिन्दै इंग्ल्याण्ड पहिलो स्थानमा उक्लिएको छ । यसअघि शीर्ष स्थानमा रहेको भारतलाई ३ अंकले पछि पार्दै इंग्ल्याण्ड शीर्ष स्थानमा पुगेको हो । वरियताक्रममा इंग्ल्याण्डको १२५ अंक रहेको छ भने भारतको १२२ अंक रहेको छ । सन् २०१३ पछि इंग्ल्याण्ड आईसीसीको एकदिवसीय क्रिकेट वरियताको शीर्ष स्थानमा पुगेको हो । यसअघि दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका तेस्रो स्थानमा पुगेको छ । चौथो स्थानमा न्यूजिल्याण्ड छ ।
नयाँ वरियतामा आठ अंक गुमाएको विश्व च्याम्पियन अष्ट्रेलिया एक सय ४ अंकका साथ पाँचौ स्थानमा पुगेको छ । त्यस्तै टी–२० क्रिकेटमा नयाँ टेष्ट मान्यताप्राप्त अफगानिस्तानले श्रीलंकालाई उछिनेको छ । श्रीलंका नवौँ स्थानमा छ भने बंगलादेश दशौं स्थानमा छ । टेष्ट क्रिकेटमा भने भारत अझै पहिलो नम्बरमा नै छ ।

Share.

Leave A Reply