वैशाख १६, नेपाली कांग्रेसले कृष्णचन्द्र नेपाली (पोखरेल) लाई प्रदेश–४ मा संसदीय दलको नेता चयन गरेको छ ।लामो बहसपछि पुर्वी नवलपरासीवाट प्रदेश सभामा निर्वाचित ७३ वर्षीय नेपालीलाई संसदीय दलको नेता चयन गरेको हो ।पोखरामा बसेको कांग्रेस संसदीय दलको बैठकले उनलाई सर्वसम्मत चयन गरेको प्रदेश सांसद बिष्णु लामिछानेले बताए ।
प्रदेश–४ मा संसदीय दलको सचेतकमा बाग्लुङका सांसद मणिभद्र कंडेल, उपसचेतकमा ओमकला गौतमलाई चयन गरेको हो । त्यसैगरी लेखासमितिको संयोजकमा कुमार खडका, दलको उपनेतामा मेखलाल श्रेष्ठ र सचिवमा ललिता गुरुङ सर्वसम्मत भएका छन् ।निर्वाचन भएको ५ महिनापछि बिपक्षी दल कांग्रेसले आफ्ना नेता चयन गरेको हो ।
प्रदेश–४ मा कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली चयन
प्रदेश–४ मा कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली चयन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु