play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

भृकुटी कागज कारखाना सरकारले सञ्चालन गर्छः उद्योग मन्त्री यादव

0

वैशाख १५,
उद्योग मन्त्री मातृका यादवले वर्षौदेखि बन्द रहेको भृकुटी पल्प एण्ड पेपर मिल्सलाई सरकारले सञ्चालन गर्ने बताउनु भएको छ ।
लामो समयदेखि बन्द रहेको मिललाई सम्बन्धित पक्षले सञ्चालन गर्न नसके राज्यले जिम्मा लिएर संचालनका लागि अगाडि बढ्ने मन्त्री मातृका यादवले बताउनुभयो । उद्योग परिसरभित्र शनिबार पे्रस चौतारी नेपाल नवलपरासी र प्रेस सेन्टर नेपाल नवलपरासीले सयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले यस्तो कुरा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले कारखाना बन्द गरेर जग्गा प्लटिङ गर्न नदिने बताउँदै  उद्योग सञ्चालनमा सरकारले अध्ययन टोली पठाएर उद्योगको बारेमा यथार्थ जानकारी स्थानीयलाई दिने बताउनुभयो । उहाँले भएका समस्या समाधानका लागि पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
मन्त्री यादवले पेपर मिल्सको समस्या पुरानो भएको र यस्ता समस्या देशमा रहेका अन्य उद्योगमा पनि भएको भन्दै क्रमशः समाधान गर्न सरकार लागिपर्ने बताउनुभयो ।
यसैगरि, गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले कारखाना धेरै समयदेखि बन्द रहेको र मजदुरहरुको समस्या पनि समाधान गर्न नसकिएको भन्दै कारखानालाई राष्ट्रियकरण गरेर सरकारले नै सञ्चालन गर्न माग गर्नुभयो ।
पत्रकार सम्मेलन  प्रेस चौतारी नवलपुर शाखा अध्यक्ष हिमालदेव पंगेनीको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply