play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्ने उद्योगमन्त्री यादवको चेतावनी

0

बैशाख १५ – उद्योगमन्त्री मातृकाप्रसाद यादवले संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपालले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले बन्द उद्योग तथा कलकारखाना छिट्टै नै पुनःसञ्चालनमा आउने दावी गरे ।उनले सरकारले जुन उद्योग करलकारखाना नीजिलाई दिएको छ,त्यसको रिपोर्ट तयार गरिरहेको भन्दै चलेका उद्योगलाई सहयोग गर्ने र नचलेकालाई राष्ट्रियकरण गर्ने बताए। सरकारले निजिकरण गरेका कतिपय उद्योगहरु चलाउने भन्दा पनि साईनबोर्ड झुड्याउने र त्यसको नाममा व्यापार गर्ने गरेको यादवले बताए । उनले दाता खाजेर भएपनि देशमा उद्योग कलकारखाना संचालन गरेरै छाड्ने दावी गरे । बैदेशिक लगानी,नीजि क्षेत्र र आम जनताको लगानी उठाएर उद्योग संचालन गरिने उनको भनाई छ ।
मन्त्री यादवले देशमा अब धमाधम उद्योग कलकारखाना संचालन हुने भन्दै छिट्टै सरकारले फलाम उद्योग संचालन गर्न लागेको जानकारी दिए ।उनले राष्ट्रिय उद्योग वेचेर खाने विगतको परम्पराले गर्दा उद्योग व्यबसाय फस्टाउन नसकेको भन्दै नेता कर्मचारी कमिसनको लोभमा फस्दा उद्योगको विकास हुन नसकेको आरोप लगाए ।नेपालमा खुल्ला बजार नीति र उदारीकरणको गलत प्रयोग भएको उनको भनाई छ । देशमा आर्थिक विकास गरेर सुशासन तर्फ लैजान बाम गठबन्धनको सरकार केन्द्रित भएको उनले बताए । अर्को प्रसंगमा मन्त्री यादवले जनताको जनादेश अनुसार नेकपा एमाले र माओवादी बिच पार्टी एकता आबश्यक रहेको स्पष्ट पारे ।

Share.

Leave A Reply