बैशाख १५, बिदा कटौती गर्ने क्रममा मुस्लिम समुदायको पनि बिदा कटौती गरिएको भन्दै कांग्रेस सभापति शेर बहादुर देउवाले वर्तमान सरकारको आलोचना गरेका छन् ।आज अायाेजित मुस्लिम संघ नेपालको दोश्रो महाधिवेशनमा बोल्दै देउवाले मुस्लिम समुदायको प्रतिनिधित्व दलमा बढाउने पक्षमा रहेको बताए। विधान संशोधन मार्फत मुस्लिम समुदायको प्रतिनधित्व बढाउने आश्वासन दिए।
अधिवेशनमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल धार्मिक सहिष्णुता भएको बताउँदै मुस्लिम समुदायको प्रतिनिधित्व दलमा बढाउन पहल गर्ने बताए।निर्वाचन पराजयको समीक्षा प्रति असन्तुष्ट देखिएका पौडेलले बाम दलका कारण निर्वाचन हारियो भन्नु तर्कसंगत नभएको जिकिर गरे। बाम अधिनायकका बिरुद्द लड्नुपर्ने काँग्रेसले दुई दलका कारण पराजय भोगेको कारण देखाउनु नेतृत्वको कमजोरी भएको औँल्याए। केन्द्रिय कार्यालय सानेपामा जारी मुस्लिम संघ नेपालको दोश्रो केन्द्रिय महाधिवेशन आईतबार सकिने छ।
मुस्लिम समुदायको बिदा कटौती बारे देउवाले गरे सरकारको आलोचना
0
Share.