play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

चैतमा मात्रै मलेसिया जाने नेपालीको सख्या ११ हजार पुग्यो

0

वैशाख १५ – वैदेशिक रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको छ ।गएको चैत महिनामा मात्रै ११ हजार ४०३ जना रोजगारीका लागि मलेसिया गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार २०७४ चैत मसान्तसम्ममा एक लाख ४० हजार एक सय जनाले पूर्व स्वीकृति लिएका छन् ।
पूर्व स्वीकृति लिनेमा एक लाख ३४ हजार ७ सय ७२ पुरुष र पाँच हजार ३ सय ७८ जना महिला रहेका छन् । पूर्व स्वीकृति लिएकामा ३० हजार १ सय १४ जना पुरुष र एक हजार ७ सय ४ जना महिला वैदेशिक रोजगारीमा गएका छन् ।त्यस्तै रोजगार अनुमति प्रणाली(इपिएस) परीक्षा उत्तीर्ण गरी ७ सय १५ पुरुष र ५९ जना महिला दक्षिण कोरिया गएका छन् । यो अवधिमा जापानमा सबैभन्दा कम नेपाली गएका छन् । चार जना मात्रै जापान गएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । रासस

Share.

Leave A Reply