play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता जारि

0

बैशाख १४ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भइरहेको छ ।दुबै देशका शीर्ष नेता निशस्त्रीकरण गरिएको गाउँ अर्थात् शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा बनाइएको भवनमा वार्तामा संलग्न छन् ।दुई नेताले भेट गर्दा निकै हौसलापूर्ण भावका साथ हात मिलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । वार्ता शिशा र कंक्रिटले बनाइएको शान्तिगृहमा भइरहेको हो ।किमले शिखर सम्मेलनका लागि मिलिटरी डिमार्केशन लाइन पार गर्दै आइपुगेका हुने । किमको सम्मानमा दक्षिण कोरियाली सैनिकले सलामी अर्पण गरेको छ ।
सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दक्षिण कोरियाको भूमि टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन ।उत्तर कोरियाले आणविक हतियार छोड्न गरेको संकेतका विषयमा ऐतिहासिक वार्ता केन्द्रित रहेको बताइएको छ । वर्षौंदेखिको तनाबलाई रोक्ने सन्दर्भमा वार्ता महत्वपूर्ण हुने अपेक्षा छ ।उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्ने घोषणा गरेपछि कोरियाली प्रायद्विपमा शान्तिको सम्भावना बढ्दै गएको छ ।उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच पनि शिखर सम्मेलनको तयारी भैरहेको छ ।(एजेन्सी)

Share.

Leave A Reply