play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफ एम ९१.६ को आयोजनामा ईन्टर नर्सिङ्ग कलेज क्विज च्याम्पियनशिप हुँदै

0

बैशाख १३, चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफ एम ९१.६ को आयोजनामा भोलि ईन्टर नर्सिङ्ग कलेज क्विज च्याम्पियनशिप हुँदैछ /
नारायणी कला मन्दिर , नारायणगढ़मा हुने सो कार्यक्रम बिहान ११ बजे शुरु हुनेछ / क्विज च्याम्पियनशिपमा चितवनका ९ वटा नर्सिङ्ग कलेजको सहभागिता रहने एफ एम ले जनाएको छ / गत बर्ष बाट शुरु गरिएको सो च्याम्पियनशिपको यो दोश्रो सिजन हो / नेपालको अग्रणी शैक्षिक परामर्शदाता काठमान्डू ईन्फ़ोसिस मुख्य प्रायोजक रहेको सो प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपिया सहित मेडल तथा ट्रफी प्राप्त गर्नेछ / यसै गरी द्वितीय हुनेले १५ हजार , तृतीयले १० हजार र सान्त्वना स्थान हाँसिल गर्ने ले ५ हजार रुपिया नगद पुरस्कार पाउने छ / कार्यक्रमको सह- प्रायोजकमा पुष्पान्जली हस्पिटल , जे पी मोटर्स र मनकामना बुक्स तथा स्टेशनरी रहेका छन् /

Share.

Leave A Reply