play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

चिनीको भन्सार मूल्य वृद्धिमा पूर्वका उद्योगीको विरोध

0

वैशाख ११,
सरकारले चिनीको भन्सार मूल्य वृद्धि गरेकोमा पूर्वका उद्योगी ब्यपारीले विरोध गरेका छन् । भन्सार वृद्धिका कारण चिनीको चोरी तस्करी बढेको भन्दै यसले उद्योगी, उखुु किसान तथा आम उपभोक्ता मारमा पर्ने भएकाले भन्सार मुुल्यवृद्धि फिर्ता लिन उनीहरुले माग गरेका छन् ।
मोरङ व्यापार संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी चिनीको भन्सार मूल्य बढाउने निर्णय फिर्ता लिन माग गरेको हो । सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न भन्दै चिनीको भन्सार मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो ।
मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले चिनीमा वृद्धि गरिएको भन्सार मुुल्यका कारण पैठारी भएका चिनीहरु विराटनगर भन्सारको गोदाममा थन्क्याउन वाध्य भएको बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष मुुकेश उपाध्यायले चिनीको भन्सार मुुल्यमा गरिएको वृद्धिले सर्वसाधारणसमेत प्रभावित हुने बताए ।
नेपालमा हाल ३ लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेकोमा स्वदेशी उद्योगले २ लाख ५० हजार मेट्रिक टनमात्रै उत्पादन गर्न सक्ने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वदेशी माग धान्न भारतबाट आयात गर्नैपर्ने बाध्यता रहेको अवस्थामा भन्सार दर बढाउनु उपयुक्त नहुने पूर्वका उद्योगी व्यवसायीहरुको तर्क छ ।

Share.

Leave A Reply