play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

‘तालमेलले प्रतिफल दिन्छ’: प्रदेश प्रमुख कोइराला

0

वैशाख ११,
प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा, सरकार र यसका अंगहरुबीचको तालमेलले नै नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारा प्रदेश ३ मा पनि सजिलै स्थापित गराउन सकिने तर्क गरेकी छिन् ।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशको आवधिक योजना र विस्तृत परियोजना प्रतिवेदन तथा भू–उपयोग नीतिजस्ता कार्यलाई प्राथमिकतामा राखी वार्षिक नीति तथा कार्यक्रम बनाएर अगाडि जाने प्रदेश सरकारको तयारीले रहेकाले त्यसले छिटो प्रतिफल दिने विश्वास समेत व्यक्त गरिन् । त्यसका लागि आवश्यक कानुन समयमै निर्माण गरिसक्ने, प्रदेश सरकारको संगठनात्मक तथा जनशक्ति व्यवस्थापन एवं विधि, पद्धति र प्रक्रियालाई व्यवस्थित गर्नुपर्ने सुझाव दिइन् । उनले ती विषय आ.व २०७५र०७६ को नीति तथा कार्यक्रममा समेटिएर आउने विश्वास समेत व्यक्त गरिन् ।
कानुनतस् दलीय व्यवस्थाले सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहे पनि अबको लक्ष्य प्राप्तिका लागि विभाजित हुनुपर्ने अवस्था नरहेको भन्दै उनले कृषि तथा पशुपालनको व्यावसायीकरण, स्वाधीन अर्थतन्त्रको प्रवर्द्धन र बढ्दो ब्यापार घाटाको न्यूनिकरण गर्दै अगाडि बढ्ने उनको विश्वास थियो ।

Share.

Leave A Reply