play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

पिठुवाका महिलाहरुलाई सीपमुलक तालिम

0

बैशाख ११ । रत्ननगर नगरपालिका वडा नं.१६ पिठुवामा आयोजना गरिएको एक महिने गुडिया बनाउने तालिम मंगलबार सम्पन्न भएको छ । सीप सिकाएर महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको हो । वडा कार्यालयको सहयोगमा घरेलु तथा साना उद्योग कार्यालय भरतपुरले आयोजना गरेको सो कार्यक्रममा स्थानीय १० जना महिलाहरुको सहभागिता रहेको छ । प्रशिक्षक शर्मिला सिंखडा लामिछानेले महिलाहरुलाई गुडिया सहित वच्चाको व्याग र कुसन बनाउन सिकाएकी थिईन । तालिममा सहभागी महिलाहरुले ८ प्रकारका गुडिया बनाउन सिकेकाले उनीहरुले व्यवसायिक रुपमा काम सुरु गर्न सक्ने सक्षम भएको प्रशिक्षक लामिछानेले बताईन । समापन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष हेमराज थापाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सो अबसरमा उनले वडा भित्रका सबै महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने योजना रहेको बताए । समापन कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका प्रमुख रमेश कुमार कर्मचार्यको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply