play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

काँग्रेसमा युवा नेताहरुनै विभाजित, गगन समुहपछि आउने भयो अर्को नयाँ प्रस्ताव

0

बैशाख ११, कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा केन्द्रीय सदस्यहरुनै विभाजित देखिएका छन् । निर्वाचन समीक्षाका लागि डाकिएको बैठकमा २२ युवा सदस्यहरुको संयुक्त प्रस्ताव ल्याउने भनिए पनि युवाहरुबीच संयुक्त प्रस्तावमा एकमत नभएपछि दुई प्रस्ताव आउने निश्चित भएको हो ।बैठकको ९ औं दिन दोश्रो वक्ताका रुपमा बोलेका केन्द्रीय सदस्य गगन थापाले सात युवा नेताहरुको सामुहिक प्रस्ताव बैठकमा पेश गरेका थिए । थापाले राखेको प्रस्ताव प्रदिप पौडेल, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादव र जीवन परियारको सामुहिक प्रस्ताव भएको बताइएको छ । जारी वैठकमा केन्द्रीय सदस्य नविन्द्रराज जोेशी र कल्याण गुरुङको पहलमा १५ सदस्यहरुले आजैको बैठकमा अर्को प्रस्ताव पनि पेश गर्ने भएका छन् । बैठकमा ल्याउन लागिएको युवाहरुको अर्को प्रस्तावमा कमला पन्त, सरिता प्रसाई र बद्रि पाण्डेको पनि समर्थन रहने बताइएको छ ।थापाले राखेको प्रस्तावमा विगतको पृष्ठभूमिलाई सबिस्तार रुपमा राखिएको छ । सामुहिक प्रस्तावमा निर्वाचन पराजयमा एउटा मात्रै कारण नभएको उल्लेख गरिएको छ । तर, हारमा जिम्मा कसले लिने भन्नेमा द्धिविधा नभएको प्रस्तावमा जनाइएको छ ।
प्रस्तावमा शीघ्र महासमिति बैठक बोलाई महाधिवेशन गराएको अवस्थामा सभापतिको ब्यक्तिगत हित हुने प्रस्तावमा सभापतिलाई सुझाइएको छ । आगामी निर्वाचनमा काँग्रेसको बहुमत ल्याउनका लागि १५ लाख थप मतदाता आवश्यक रहेको जनाउँदै प्रस्तावमा मतदातालाई आकर्षित र विश्वास दिलाउन आवश्यक रहेको जनाइएको छ ।चैत ९ बाट जारी बैठकमा युवा सदस्यहरुको सामुहिक प्रस्ताव ल्याउने तयारी भइरहेको थियो । विगतको लामो पृष्ठभूमिलाई पनि कारक मान्ने कि आगामी रणनीतिका विषयमा मात्रै केन्द्रीत हुनुपर्ने विषयमा एकमत नभएपछि छुट्टाछुट्टै प्रतिवेदन पेश गर्ने युवाहरुले तयारी गरेका हुन् ।युवा नेता थापाले युवाहरुको तर्फबाट आउने अर्को प्रस्तावको विपक्षमा आफु नरहेको बताए ।शीघ्र महासमिति र महाधिवेशनका विषयमा एकमत रहेको उनले बताए । केन्द्रीय सदस्य प्रदिप पौडेलले थापाको प्रस्तावमा समर्थन जनाएका युवा सदस्यहरु अर्को प्रस्तावमा पनि सँगै रहेको बताए । वैठकमा आज केन्द्रीय सदस्यहरु साथै पदाधिकारीले आफ्ना धारणा राख्ने क्रम सकिने जनाइएको छ । वुधबारको वैठक स्थगित गरि बिहिबार टुङ्याउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।

Share.

Leave A Reply