play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी

0

वैशाख १० । नेपाली काँग्रेस केन्द्रीय समितिको समिक्षा बैठक आज पनि बसिरहेको छ । निर्वाचन समिक्षा तथा भावी कार्ययोजना निर्माण गर्न बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको हो ।यसअघि हिजो बोल्ने अघिकाँस सदस्यले पार्टी नेतृत्वका कारण निर्वाचनमा पराजय भएको भन्दै आलोचना गरेका थिए । आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो ।त्यसअघि ६ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यले आफ्नो भनाई राखिसके पछि सभापति शेरबहादुर देउवाले पदाधिकारी टुंगो लगाउने तयारी गर्नुभएको छ ।सभापति देउवाले बाँकी रहेका पदाधिकारी मनोनयन गरी केन्द्रीय समितिबाट पारित गराउन प्रस्ताव पेस गर्ने तयारी गरेको उहाँको निजी सचिवालयले जनाएको छ । विधान अनुसार उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सक्नुहुनेछ ।

Share.

Leave A Reply