वैशाख १० । अमेरिकाको एउटा रेष्टुरेन्टमा भएको गोलीबारीमा चार जनाको मृत्यु भएको छ । टेनेसी राज्यको न्यासभिल शहरमा रहेको रेष्टुरेन्टमा एक नग्न बन्दुकधारीले अन्धाधुन्द चलाएको गोली लागेर चार जनाको मृत्यु भएको हो ।गोली लागेर अन्य २ जना गम्भिर घाइते भएका छन् । सेमी अटोमेटिक राइफलद्वारा हमलाकारीले गोलीबारी गरेको बीबीसीले जनाएको छ । घाइते मध्ये एकले हमलाकर्ताको हातबाट उनको राइफल खोसेका थिए । हमलाकर्ता भने घटनास्थलबाट फरार भएको र खोजि भइरहेको त्यहाँको पुलिस प्रवक्ता डान एरोनले जानकारी दिए ।
अमेरिकामा रेष्टुरेन्टमा भएको गोलीबारीमा चार जनाको मृत्यु
0
Share.