९ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन -सार्क) मा देखिएको असमझदारी हटाउन पहल भइरहेको बताएका छन् ।हाल सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीसँग आग्रह गरेको पनि स्पष्ट पारे ।आज काठमाडौंमा ‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्भिनेस’ नामक पुस्तकको विमोचन गर्दै उनले भारत र पाकिस्तानकै कारण सार्क क्षेत्रमा देखिएको असमझदारी हटाउन अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले वार्तालाई जोड दिएको पनि बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रहरुबीचको असमझदारीका कारण दुई देशीय, क्षेत्रीय वा अन्तराष्ट्रिय संगठनको औचित्यमाथि प्रश्न उठाउन उपयुक्त नहुने तर्क पनि गरे ।प्रधानमन्त्री ओलीले नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासी र भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री मोदीसँग सार्क भित्रका असमझदारी हटाउन आग्रह गरेको बताए ।प्रधानमन्त्री ओलीले नेपालमै सार्कको सचिवालय भएकाले पनि यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक पहल गर्ने दायित्व नेपालमाथि रहेको पनि स्मरण गराए ।
सार्कको असमझदारी हटाउन भारत र पाकिस्तानसँग कुरा गरेको छु : प्रधानमन्त्री ओली
0
Share.