बैशाख ९, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अब बोल्ने दिन सकिएको बताएका छन् । लगानी बोर्डको आयोजनामा आज हेटौँडामा भएको लगानी सम्वन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अब देशले गफ भन्दा काम खोजेको बताए ।उनले प्रदेश नम्बर ३ मा लगानीमैत्री कानुन निर्माण हुने भन्दै लगानीको लागि अब लगानीकर्ताहरुलाई निर्धक्क हुन आग्रह समेत गरे ।हाम्रो देशमा रहेको पुँजीलाई ब्यवस्थित गर्न सके देशकै लगानीबाट विकास गर्न सकिने भन्दै उनले सरकारले अब लगानीको विषय खोजी गरिरहेको र उत्पादनमुखी, परिणाममुखी लगानीको लागि सरकार प्रतिबद्ध रहेको उनको धारणा रहेको थियो ।
नेपाली उद्योगमा सरकारको कारणमात्र समस्या नभएको भन्दै मुख्यमन्त्री पौडेलले उद्योग ब्यवसायीहरुबाट पनि धेरै समस्याहरु सृजना भएको बताए । औद्योगिक क्षेत्रमा भएका हजारौ विगाहा जमिन कब्जा गरेर बेच्ने परिपाटीको अन्त्य गर्दै नयाँ लगानीकर्ताको लागि जग्गा उपलब्ध गराउन सरकार तयार रहेको समेत उनले बताए ।
अब बोल्ने दिन सकियो, गर्ने दिन सुरु भएः मुख्यमन्त्री पौडेल
अब बोल्ने दिन सकियो, गर्ने दिन सुरु भएः मुख्यमन्त्री पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु