play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

काबुलमा आत्मघाती बम विस्फोट हुदा कम्तीमा ३१ जनाको मृत्यु

0

वैशाख ९ – अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।नामावली दर्ता केन्द्रको ढोकामा मानिसहरुको भिड लागेकै बेला भएको विस्फोटमा परि ५० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । चरमपन्थी समूह इस्लामिक स्टेटले घटनाकाे जिम्मेवारी लिएकाे छ ।यसै महिना हुने संसदीय निर्वाचनका लागि गएको अक्टोबरबाट अफगानिस्तानमा मतदाता नामावली दर्ता कार्यक्रम भैरहेको छ ।

Share.

Leave A Reply