play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सिन्डिकेट बिरुद्द सरकार झन् कठोर बन्दै

0

बैशाख ९, सिन्डिकेट समर्थनमा सेवा रोक्ने सार्वजनिक सवारीको रुट पर्मिट पहिलो दिनमै खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले गृह प्रशासन तथा नागरिक समाजलाई अत्यावश्यक सेवामा हड्ताल गर्ने सवारीको विवरण लिन अनुरोध गरेको छ । पहिलो दिनमै देशभर सेवा रोक्ने सवारीको विवरण लिएर सोही दिनमै खारेज गर्ने तयारी भइरहेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो । सरकारले यस विषयमा सुन्य सहनशिलताको नीति लिएको उहाले स्पष्ट पार्नुभयो । यसअिघ गृह मन्त्रालयले पनि आन्दोलनका नाममा कुनै सवारी रोकिए सुरक्षा निकाय परिचालन गरेर आफैंले चलाउने चेतावनी दिइसकेको छ ।

Share.

Leave A Reply