play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

आइपिएल अन्तरगत आज चेन्नईले राजस्थान रोयल्सको सामना गर्ने,सन्दीपलाइ सोमबार खेलाउनुपर्ने दिल्लीको धारणा

0

बैशाख ७, इन्डियन प्रिमियर लिग आइपिएल अन्तरगत आज पनि एक खेल हुने भएको छ आज राति सवा ८ बजे पछि सुरु हुने खेलमा चेन्नई सुपरकिंसले राजस्थान रोयल्सको सामना गर्ने छ चेन्नई सुपरकिंसले हाल सम्म खेलेका ३ वटा खेलमा २ मा जित र १ मा हार बेहोर्दै अंक तालिकाको चौथो स्थानमा रहदा १ खेल बढी खेलेको राजस्थान रोयल्सले २ मा जित र २ मा हार बेहोर्दै अंक तालिकाको पाचौ स्थानमा रहेको छ यसैबीच कलकत्ता नाइट राइडर्सले ५ खेलमा ३ मा जित र २ मा हार बेहोर्दै अंक तालिकाको शिर्ष स्थानमा रहदा १ खेल कम खेलेको सनराइजर्स हैदराबादले ३ मा जित र १ मा हार बेहोर्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ
यसैबीच सन्दीप लामिछानेले आईपीएल क्रिकेटमा खेल्ने सम्भावना बढेको छ । सन्दीपलाई अनुबन्ध गरेकोमा दिल्ली डेयरडेभिल्ससँग खुशी भएका नेपाली क्रिकेट समर्थकहरु यतिबेला उनलाई खेल्न पनि दिन क्लबलाई दबाब दिइरहेका छन् ।दिल्लीमा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भए पनि अहिलेसम्म मैदान उत्रन नपाएका स्पिनर सन्दीपले आउँदो सोमबार हुने खेलमा मौका पाउने सम्भावना बढेको क्लबले नै जनाएको हो । दिल्लीले सोमबार घरेलु मैदान फिरोज साह कोटला मैदानमा पञ्जावसँग खेल्दैछ ।अहिले आईपीएलका टीमले तीनजना स्पिनरलाई खेलाउने र सफलता हात पार्ने क्रम बढेसँगै सन्दीपले दिल्लीबाट खेल्न पाउने सम्भावना बढेको हो । सन्दीपको विगतको प्रदर्शन हेर्दा उनले फिरोज साह कोट्लामा जादु गर्न सक्ने भएकाले उनलाई खेलाउनुपर्ने दिल्लीको आधिकारिक पेजमा उल्लेख गरिएको छ ।दिल्लीमा मुख्य स्पिन हतियार अमित मिश्रा फर्ममा नरहुनको फाइदा सन्दीपलाई भए पनि एक खेलमा चारजना मात्र विदेशी खेलाडीलाई खेलाउनुपर्ने प्रावधानका कारण सन्दिपलाई खेलाउन दिल्लीलाई समस्या भइरहेको आँकलन गरिएको छ । तर स्पिनरलाई सघाउने मैदान र तीन स्पिनरलाई खेलाउने टिमले जित हात पारिरहँदा लोभिएको दिल्लीले सन्दीपलाई त्यो मौका दिनसक्ने सम्भावना बढेको विश्लेषण गर्न सकिन्छ । घरेलु मैदानमा खेल्नु अघि दिल्लीले भोलि बेंग्लोरसँग खेल्दैछ ।भोलिको खेलमा भने सन्दीपको खेल्ने सम्भावना कम मात्र छ ।

Share.

Leave A Reply