play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

पार्टी एकताका बारेमा ओली–प्रचण्डबीच छलफल, निश्कर्ष निस्किएन

0

वैशाख ०६,
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकताको विषयमा बिहीबार पनि छलफल भएको छ ।
पार्टी एकता संयोजन समितिले पार्टी एकतालाई अन्तिम रुप दिन जिम्मेवारी दिएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उहाँहरुबीच छलफल भएको हो । तर आजको छलफलबाट पनि कुनै निश्कर्ष ननिस्किएको दुवै दलका नेताहरुले बताएका छन् ।
पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यही वैशाख ९ गते पार्टी एकतासम्बन्धी अन्तिम निष्कर्ष निकाल्न दुई पार्टीका अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।

Share.

Leave A Reply