play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

रत्ननगर ६ बछौलीमा विदेशीको लगानीमा विद्यालय सञ्चालन

0

बैशाख ६ । रत्ननगर ६ बछौलीमा विदेशी नागरिकको आर्थिक सहयोगमा निजी विद्यालय सञ्चालन गरिएको छ । हरियाली समाज नेपालले जर्मनी नागरिकको आर्थिक सहयोगमा निजी विद्यालय सञ्चालन गरेको हो । बछौलीमा विगत ३० बर्ष देखि सञ्चालनमा रहेको माउण्ट भ्यू इङलीस स्कुख खरिद गरी स्कुल अफ लाईनिजमका रुपमा विद्यालय सञ्चालन गरिएको हरियाली समाज नेपालका सचिव सिरलाल परियारले जानकारी दिए । नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याईएको सो विद्यालयको रत्ननगर नगरपालिकाका मेयर नारायण वन र जर्मनी नागरिक कारा गेरनोटले विरुवा रोपेर उद्घाटन गरेका थिए । सो अबसरमा मेयर वनले रत्ननगर नगरपालिकाले शिक्षाको विकासलाई प्राथमिकता दिएर काम गरिरहेको भन्दै मेयर वनले विदेशीले गरेको लगानी खेर जान दिन नहुने बताए । एक करोड ९३ लाखको लगानीमा सुरु गरिएको सो विद्यालयमा ६० जना गरिव समुदायका वालवालिकाहरुले निशुल्क अध्ययन गरिरहेको सचिव परियारले बताए ।
सो विद्यालय शिशु देखि ९ सम्म कक्षा सञ्चालनका रहेको छ । सो विद्यालयमा ६० जना गरिव समुदायका वालवालिका सहित २४० जना विद्यार्थीहरुले अध्ययन गरिरहेको सचिव परियारले बताए । नाफा कमाउन भन्दा पनि गुणस्तरीय शिक्षा र विपन्न समुदायका वालवालिका पढाउन विद्यालय सञ्चालन गरिएको हरियाली समाज नेपालका उपाध्यक्ष शेरबहादुर परियारले बताए । विद्यालयकी प्राचार्य गोपिकुमारी खनालले शिक्षण शिकाईलाई प्रभावकारी बनाउन वालमैत्री शैक्षिक प्रणाली,कम्प्युटर प्रयोगात्मक कक्षा,प्रि प्राईमेरी अडियो कक्षा,लाईवेरी,साईन्स ल्याव,म्यूजिक तथा नृत्य कक्षा सञ्चालन गरिएको बताईन । हरियाली समाज नेपालका अध्यक्ष गिरिधारी चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजका संस्थापक अध्यक्ष वासु ढुंगाना,प्याब्सन रत्ननगरका अध्यक्ष मदन पुरी,वडा नं.७ का वडा अध्यक्ष राजन भट्ट,वडा नं.६ का कार्यबहाक वडा अध्यक्ष किरण महतो,रत्ननगर नगरपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र बराल, र जर्मनी नागरिक कारा गेरनोट,समाजसेवी वावुराम पुरी लगायतले मन्तव्य राखेको थिए ।

Share.

Leave A Reply