५ वैशाख, गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको आज उद्घाटन गर्नुहुँदै मन्त्री थापाले जनताको शान्तिसुरक्षाका लागि सरकार दृढ रहेको बताउनुभयो ।शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रको सुरक्षाका लागि इलाका स्तरको प्रहरी कार्यालय स्थापना गर्न सकारात्मक रहेको भन्दै उहाँले उद्योगको विकासबाट नै देशमा समृद्धि कायम हुने बताउनुभयो । जनता स्वस्थ रहे नै देशले समृद्धि हासिल गर्ने भन्दै मन्त्री थापाले स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि गर्दै लैजानुपर्ने बताउनुभयो ।
नेपालमा स्तरीय स्वास्थ्य सेवा दिन सके उपचारका लागि विदेशी समेत आउन सक्ने भन्दै उहाँले उच्चस्तरको स्वास्थ्य सेवामा जोड दिनुपर्ने बताउनुभयो । मन्त्री थापाले कालिका नगरपालिकामा २५ श्ययाको अस्पताल स्थापनाका लागि पहल गर्ने बताउनुभयो ।कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले मन्त्री थापालाई २३ बुँदे माग प्रस्तुत गर्नुभएको थियो । यसअघि गृहमन्त्री थापाले खैरहनी नगरस्तरीय क्रिकेट प्रतियोगिताको खैरहनी गौचरनमा उद्घाटन गर्नुभयो ।(रासस)
सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन ः मन्त्री थापा
0
Share.