play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

संघीयताको संक्रमणकालीन व्यवस्थापनका लागि वार्षिक एक खर्ब खर्च हुने

0

५ वैशाख, संघीयताको संक्रमणकालीन व्यवस्थापनका लागि वार्षिक एक खर्ब खर्च हुने देखिएको छ ।तर, संघीयता कार्यान्वयनतर्फ निश्चित कदम चाल्नु अगावै सरकारको अनावश्यक खर्च वृद्धि भएकोमा विश्व बैंकले चिन्ता व्यक्त गरेको छ ।नयाँ संविधानअनुसार तीन तहको सरकार गठन भइसकेको छ । तर, संक्रमणकालीन व्यवस्थापन भइसकेको छैन । विश्व बैंकका अनुसार सरकारको पुनर्संरचनाको लागि प्रतिवर्ष कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) को ३ देखि ४ प्रतिशत खर्चिनुपर्ने देखिन्छ ।हाल नेपालको जीडीपी २६ खर्ब बराबर रहेको छ । यसको ४ प्रतिशत एक खर्ब हुन आउँछ ।विश्व बैंकले तीन वटा आधारमा संघीयता कार्यान्वयनका क्रममा हुने खर्चको प्रक्षेपण गरेको हो । खर्चको प्रक्षेपणको आधारका रुपमा केन्द्र सरकारले कर्मचारीलगायतको पारिश्रमिकमा गर्ने खर्च नबढ्ने, प्रदेश र स्थानीय तहको खर्चमा वृद्धि हुने र सरकार गठनका लागि लाग्ने एक पटकको खर्चलाई मानिएको छ ।
विश्व बैंकले संघीयता कार्यान्वयनतर्फ निश्चित कदम चाल्नु अगावै सरकारको अनावश्यक खर्च वृद्धि भएकोमा चिन्ता व्यक्त गरेको छ । विश्व बैंकको तथ्यांक अनुसार तीनवर्ष अघिसम्म जीडीपीको १० देखि २० प्रतिशतसम्म सरकारी खर्च रहेकोमा हाल बढेर ३० प्रतिशत पुगेको छ ।सरकारी कर्मचारीको तलब सुविधा, सामाजिक सुरक्षा, पेन्सन खर्चमा भएको बृद्धिले अनावश्यक खर्च बढाएको हो । विश्व बैंकका अनुसार सरकारी कर्मचारीको सेवा सुविधा र पेन्सन दुवैमा लगभग ३० अर्बको दरमा वृद्धि भएको देखिन्छ । सरकारको सामाजिक सुरक्षा खर्च पनि ३५ अर्ब रुपैयाँ पुगेको छ ।सांसद विकास कोषको ५० लाख र निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमको नाममाप्रति सांसदले पाउने तीन करोड रुपैयाँ अनुत्पादक भएको विश्व बैंकले जनाएको छ । यसमा मात्र सरकारको १० अर्ब रुपैयाँ खर्च हुने गरेको छ ।

Share.

Leave A Reply