play_circle_outline On Air

देउराली

play_circle_outline On Air

देउराली

अध्यक्ष प्रचण्डले आज मेघौलीका अल्पसंख्य बालबालिकालाई भर्ना गर्ने

0

वैशाख ५ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्नुहुने भएको छ ।नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत पश्चिम चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकको विद्यालयमा भर्ना गरि अभिभावकत्व ग्रहण गर्न लाग्नु भएको हो ।प्रचण्डले ९ वर्षका अरुण मुसहर र ५ वर्षका पत्रुस माझीलाई विद्यालयमा भर्ना गर्न लाग्नुभएको हो । उहाँको अभिभावकत्वमा दुई बालकले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउनेछन् । मेघौलीको उक्त क्षेत्र अल्पसंख्यक माझी, बोटे र मुसहरको बाहुल्य रहेको क्षेत्र हो ।

Share.

Leave A Reply