play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रत्ननगरमा विद्यालय भर्ना अभियान सुरु

0

बैशाख २ । रत्ननगर नगरपालिकाका आइतवार देखि विद्यालय भर्ना अभियान सुरु गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन र वाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा ल्याउन भर्ना अभियान सुरु गरिएको हो । नेपाल माविमा आयोजित एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले भर्ना अभियानको सुरुवात गरेका हुन । भर्ना अभियान अन्र्तगत सामुदायिक विद्यालयले प्रदान गर्ने गुणस्तरीय शिक्षाका विषयमा विद्यार्थी र अभिभावकलाई जानकारी गराईने छ । भर्ना अभियानको शुभारम्भ गर्दै मेयर वनले नगर भित्रका सामुदायिक विद्यालयहरुलाई निजी विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने गरी गुणस्तर सुधार गर्ने बताए । सामुदायिक विद्यालयमा दक्ष शिक्षक,प्रविधियुक्त र भवन निर्माणलाई जोड दिएर गुणस्तरीय शिक्षा प्रदान गर्ने मेयर वनले बताए । नगर भित्रका सत प्रतिशत वालवालिका विद्यालय जानुपर्ने भन्दै मेयर वनले आर्थिक अबस्था कमजोर भएर विद्यालय जान नसकेका वालवालिकालाई नगरपालिकाले जिम्मेवारी लिएर शिक्षा प्रदान गर्ने बताए । मेयर वनले भर्ना अभियानलाई परिणाम मुखी बनाउन विद्यालय बाहिर रहेका वालवालिकालाई खोजी गरी भर्ना गर्ने प्रधानाध्यापकहरुलाई आग्रह गरे । भर्ना अभियान अन्तर्गत नेपाल माविले घरदैलो गरेर आफ्ना वावुनानीलाई सामुदायिक विद्यालयमा पठाउन आग्रह गरेको प्रधानाध्यापक गोपाल शर्मा आचार्यले बताए । घरदैलोमा मेयर नारायण वन,उपमेयर विमला दुवाडी,वडा अध्यक्ष तिलकराज शर्मा,वडा सदस्यहरु,विद्यालयका प्रधानाध्यावक गोपाल शर्मा आचार्य,शिक्षकहरुको सहभागिता रहेको थियो । रत्ननगरमा ३२ वटा समुदायिक विद्यालय रहेका छन । सबै सामुदायिक विद्यालयहरुमा भर्ना अभियान सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र बरालले जानकारी दिए । भर्ना अभियान अन्तर्गत पहिलो चरणमा भर्ना गर्ने र दोश्रो चरणमा घरदैलो गर्ने सरकारी कार्यक्रम रहेपनि रत्ननगरमा भर्ना र घरदैलो एकैपटक सुरु गरिएको उनले जानकारी दिए । वडा नंंं.२ का वडा अध्यक्ष तथा नेपाल माविका अध्यक्ष तिलकराज शर्मा पौडेलको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।

Share.

Leave A Reply