play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

चीनसँग ‘क्रस बोर्डर ट्रान्समिसन लाइन’ सम्झौताको तयारी,चीन र बंगलादेशसँग छिटै पिटीए : उर्जामन्त्री पुन

0

बैशाख २, अहिले नेपालको लोडसेडिङ अन्त्य हुनुमा भारतबाट आयात हुने विद्युतको भर रहेको छ। चीनसँग प्रसारण लाइन निर्माण सम्झौता भए भारतसँगको एकल निर्भरता अन्त्य हुनेछ।विद्युत् अायातमा भारतसँग मात्र भर पर्दै अाएकाे नेपालले उत्तरी छिमेकी चीनसँग ‘क्रस बोर्डर ट्रान्समिसन लाइन’ निर्माण सम्झौताको तयारी गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यो विषय प्रस्ताव लैजान अध्ययन भइरहेको उर्जामन्त्री वर्षामान पुनले बताएका छन्।मन्त्रालयले चीनकाे ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिअारअाइ) अन्तर्गत रहेर ‘क्रस बोर्डर ट्रान्समिसन लाइन’ सम्झौताको तयारी गरेको हो।आज उर्जा मन्त्रालयमा सीमित सञ्चारकर्मीसँग मन्त्री पुनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा रेलसहित कनेक्टि भिटीका कुराहरु उठ्न सक्ने बताए ।विद्युत् आयात–निर्यातका लागि चीनसँग गरिने ‘क्रस–बोर्डर ट्रान्समिसन लाइन’काे समझदारीपत्र (एमओयू)को मस्यौदा यसअघि नै उर्जा मन्त्रालयले कुटनीतिक च्यानलमार्फत् चीन सरकालाइ पठाइसकेको छ।
उर्जा मन्त्रालयले चीन सरकारलाई पठाएको प्रस्तावमा चार नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण गरिने उल्लेख छ। उर्जाकाे मस्याैदाअनुसार रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गरिनेछन्।चारवटा अन्तरदेशीय प्रसारण लाइनबाहेक नेपालभित्र पनि ४०० वा २२० केभी क्षमताका ट्रान्समिसन लाइनको विकास गर्ने एमओयूको मस्यौदामा उल्लेख छ। अहिले नेपालको लोडसेडिङ अन्त्य हुनुमा भारतबाट आयात हुने विद्युतको भर रहेको छ। चीनसँग प्रसारण लाइन निर्माण सम्झौता भए भारतसँगको एकल निर्भरता अन्त्य हुनेछ।

Share.

Leave A Reply