माघ ४ – आन्दोलनरत नेपाल नर्सिङ संघ र सरकारबीच आज बार्ता हुने भएको छ । मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिले आज आन्दोलनरत नर्सहरुसंग वार्ता गर्ने भएको हो ।आफ्ना मागका विषयमा हिजो समान्य छलफल भएपनि आज बिहान ११ बजे औपचारिक वार्ता हुने संघका कार्यबहाक अध्यक्ष गंगा थापा जानकारी दिनुभयो । नेपाल नर्सिङ संघले विभिन्न ११ बुँदे माग राख्दै आठ दिनदेखि आन्दोलन जारी राखेको छ ।आन्दोलनरत नर्सहरुले जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरूपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा नर्समाथि हुने श्रम शोषण बन्द गर्नुपर्ने, सार्वजनिक–निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी स्कूल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्ने लगायतका माग संघले अघि सारेको छ ।
आन्दोलनरत नेपाल नर्सिङ संघ र सरकारबीच वार्ताको तयारी
0
Share.