१० कात्तिक, आगमी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र छापाई आजबाट सुरु भएको छ ।समानुपातिकतर्फको मतपत्र छपाई सकिएपछि आजबाट प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आयोगको पूर्व निर्धारित कार्ययोजना अनुसार नै समानुपातिकतर्फको मतपत्र छपाई सकिएपछि शुक्रबारबाट प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु भएको बताए ।प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक भएका भेटका क्रममा तोकिएकै मितिमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले पछिल्लो पटकको सर्वोच्च अदालतको निर्णय आयोगलाई प्राप्त भइनसकेको जानकारी दिए ।
समानुपातिकको सकेर प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु
0
Share.