कात्तिक १० । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका मतपत्र आजैबाट छाप्न सुरु गर्ने जनाएको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगको पूर्वनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छाप्न सुरु गर्ने प्रष्ट गरे ।सर्वोच्च अदालतले फरक–फरक मतपत्र छाप्ने विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पठाउन आदेश दिए पनि सो आदेश प्राप्त नभइसकेकाले आयोगले पूर्वनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छाप्न लागेको यादवले जानकारी दिए । समानुपातिक तर्फको पत्रपत्र भने छापिसकिएको उनले बताए ।
प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र छपाई नरोकिने निर्वाचन आयोगको भनाइ
0
Share.