play_circle_outline On Air

देउराली

play_circle_outline On Air

देउराली

ओली र प्रचण्डले बोलाएपछि देवी ज्ञवाली बालकोटमा

0

कात्तिक ८ –स्थानीय तह चुनावमा भरतपुर महानगरपालिकाबाट एमालेबाट उम्मेदवार भएका देवी ज्ञवालीले आज पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।ओली निवास भक्तपुर बालकोटमा आज बिहान भेटवार्ता भएको हो । दुवै नेताले भेट्न खोजेपछि आफू चितवनबाट काठमाडौं गएको ज्ञवालीले जानकारी दिनुभयो । नेताहरुसँग सामान्य कुराकानी र सामुहिक तस्बिर लिने काम भएको ज्ञवालीले जानकारी दिनुभयो । भेटमा ओली र प्रचण्डले स्थानीय चुनावपछि ज्ञवालीले उच्च राजनीतिक चरित्र देखाएको भन्दै प्रशंसा गरेका थिए ।स्थानीय चुनावमा भरतपुरमा माओवादी उम्मेदवार रेणु दाहाल विजयी भएसँगै एमाले र माओवादीबिचको सम्बन्ध चिसो भएको थियो । आउँदो प्रतिनिधिसभा चुनावमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने भएपछि एमालेको समर्थनमा आशंका उत्पन्न भैरहेको बेला दुवै नेताले ज्ञवालीसँग भेट गरेका हुन् ।पहिलेको सबै कुरा बिर्सेर वामपन्थी गठबन्धनलाई बलियो बनाउन आफू लाग्ने ज्ञवालीले बताउनुभयो ।

Share.

Leave A Reply