play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

माओवादी केन्द्रका शीर्ष नेता बादलले चितवन क्षेत्र नम्बर २ एमालेका पोखरेलाई छाड्ने

0

कात्तिक १ – माओवादी केन्द्रका शीर्ष नेता रामबहादुर थापा ‘बादल’ चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चर्चा भए पनि यस क्षेत्र एमालेलाई नै छाड्ने दुई दलबीच सहमति भएको छ ।क्षेत्र बाँडफाँडका लागि गठन गरिएको कार्यदलले चितवनका तीनवटा क्षेत्र मध्ये दुईवटा एमाले र एउटा माओवादीलाई दिने सहमति भएको हो । चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरिसक्नुभएको छ । क्षेत्र नम्बर १ बाट एमाले नेता सुरेन्द्र पाण्डे चुनाव लड्ने निश्चित भइसकेको छ ।
दुई नम्बर क्षेत्रमा माओवादीको उपस्थिति कमजोर भएकाले एमालेबाटै उम्मेद्वार उठाउने सहमति भएको स्रोतले जानकारी दियो । त्यस क्षेत्र एमालेको भागमा परेसँगै चितवन जिल्ला अध्यक्षसमेत रहेका त्यस क्षेत्रका लागि सर्वसहमति सिफारिस भएका कृष्णभक्त पोखरेलले टिकट पाउने निश्चित भएको स्रोतको भनाइ छ । पोखरेललाई चितवनमा लोकप्रिय नेताका रुपमा लिने गरिन्छ । २०७० सालको संविधानसभा चुनावमा पनि उहाँ त्यहीबाट विजयी हुनुभएको थियो । चितवन–२ माओवादीले छाड्ने भएपछि थापालाई समानुपातिकमा राख्ने कि अरु कुनै क्षेत्रबाट उम्मेद्वार बनाउने भन्ने विषयमा कार्यदल र माओवादीभित्र छलफल चलिरहेको छ । माओवादीले बुझाएको समानुपातिक सूचीमा थापाको नाम नभए पनि थप्न सकिने समय बाँकी नै छ ।

Share.

Leave A Reply