play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाईते अबस्थामा रहेको गैंडा आज मर्यो

0

कात्तिक १ । सौराहा स्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाईते अबस्थामा रहेको गैंडा आज मरेको छ । एक महिना अघि एकअर्कासंग जुधेर घाईते भएको सो गैंडा दिउसो साढे एक बजे सो सामुदायिक वनको बोद्रहनी क्षेत्रमा मृत फेला परेको हो । अन्दाजी  १५ देखि २० बर्षको सो पोथी गैंडाको एक अर्कासंग जुध्दा घाँटीमा प्वाल परेको थियो । गैंडाको घाँटीमा प्वाल र देब्रे करङमा समेत गम्भीर चोट लागेकाले उपचार गर्दा पनि बचाउन नसकिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अविनय पाठकले जानकारी दिए । निरन्तर एन्टिवायोटिक दिदाँ पनि सुधार भएन उनले भने घाटीमा प्वाल परेर स्वासप्रस्वासमा समस्या भएरै गैंडा मर्यो । घाँटीमा प्वाल परेका कारण सो गैंडालाई स्वासप्रस्वासमा समेत समस्या रहेको थियो ।  असोज २२ गते देखि वाघमारा मध्यवर्ती सामुदायिक वन,निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको सहकार्यमा पशु चिकित्सवहरुको टोलीले उपचार थालेको थियो । दैनिक निगरानी गरेर उपचार गर्दा पनि गैंडालाई बचाउन नसकिएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरीले बताए । अहिले सो गैंडाको पोष्टपार्टम गरेर पुर्ने तयारी भईरहेको अध्यक्ष चौधरीले बताए ।

Share.

Leave A Reply