स्पेनिस लिग फुटबलमा गएराती रियाल मड्रिड विजयी हुँदा बार्सिलोना बराबरीमै रोकिन बाध्य

0

असोज २९ । स्पेनिस लिग फुटबलमा गएराती रियाल मड्रिड विजयी हुँदा बार्सिलोना भने बराबरीमा रोकिएको छ ।तालिकाको दोस्रो स्थानमा उक्लिने क्रममा रियाल मड्रिडले गेटाफेलाई २-१ ले हरायो । रियालका लागि क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे ।पाँच खेलको प्रतिबन्धपछि हालै मात्र मैदानमा उत्रेका रोनाल्डोले क्लबका लागि निर्णायक गोल गरेका हुन् ।लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई भने गएरातीको एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरीमा रोकेको छ ।एथ्लेटिकोका साउल निग्वेजले पहिलो गोल गरे पनि बार्साका लुइस सुवारेजले खेल सकिन ८ मिनेट बाँकी छँदा बराबरी गोल गरेका हुन् ।ला लिगाका अन्य खेलमा एथ्लेटिक बिल्बाओले सेभियालाई १÷० ले हराउँदा रियाल सोसिडाडले आलाभेजलाई २-० ले पराजित गर्‍यो ।

Share.

Leave A Reply