असोज १३ – आज विश्व मुटु दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ ।विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि भने सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो ।यस वर्षको विश्व मुटु दिवसको नारा भनें ’शक्तिलाई बिकेन्द्रित गरौं’ भन्ने रहेको छ । मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्व भरि सबैसमक्ष र्पूयाउन शक्तिलाई बिकेन्द्रित गरौं भन्ने आव्हान गरिएको हो ।नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, मुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।
आज विश्व मुटु दिवसः विभिन्न कार्यक्रम गरी मनाईंदैं
आज विश्व मुटु दिवसः विभिन्न कार्यक्रम गरी मनाईंदैं

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु