play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

शिक्षामा नीतिगत सुधारको खाँचो रहेको शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको भनाइ

0

११ असोज, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अध्ययनपछि रोजगार पाउन सक्ने गरी शिक्षामा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अध्ययन गरेका विद्यार्थी अनुत्तीर्ण नहुने गरी सामुदायिक विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । बीचमा नै पढाइ छाडेकालाई स्वरोजगार शिक्षा दिने व्यवस्था गर्नुपर्नेमा उहाँको जोड थियो ।शिक्षकको वृत्ति विकास विद्यार्थीको शैक्षिक उन्नतिसँग गाँसिनुपर्ने बताउँदै उहाँले राम्रो पढाउने शिक्षकलाई ग्रेड, बढुवा र पुरस्कृत गर्नुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply