play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

डाक्टरको आन्दोलन अमानवीय भएको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण

0

असोज ०८,
डाक्टरको आन्दोलनका कारण स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्यको अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विरामीको उपचारको क्रममा ज्यान गएर उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने कानुन बनाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघको अस्पताल तथा स्वास्थ्य संस्था बन्द गर्दा बिरामी उपचारबाट बञ्चित भएका छन् । स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्दा घाइते तथा विरामीको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको मानव अधिकार आयोगले जनाएको छ ।
आवश्यक सेवा सञ्चालन ऐनमा स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवा बन्द गर्न नपाइने व्यवस्था भएपनि बेवास्ता भएको भन्दै मानवअधिकार आयोगले यस्तो अमानवीय कार्यबाट आमनागरिकको स्वास्थ्यसम्बन्धी आधारभूत अधिकार कुण्ठित भएको बताएको छ ।
आयोगले स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्द गर्दा लाखौं मानिसको जीवन जोखिममा पर्नसक्ने तर्फ सचेत हुँदै स्वास्थ्य जस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारी वोध गरी पेशागत मर्यादा कायम रराख्न सबै चिकित्सक आग्रह समेत गरेको छ । साथै, स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका अन्योल तथा अस्पष्टतालाई वार्ता र संवादबाट समाधान गर्न पनि नेपाल चिकित्सक संघ तथा सरकारलाई आग्रह गरेको छ ।

Share.

Leave A Reply