play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

सरकार र चिकित्सकबीच बार्ता आजपनि

0

असोज ७ – मेडिकल एसोसिएसन (एनएमए) र सरकारबीच आज बार्ता हुने भएको छ । चिकित्सकको लापरबाहीले कुनै बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन निर्माण सरकार जुटेपछि आन्दोलित भएका चिकित्सकहरु र सरकारबीच आज बार्ता हुने भएको हो ।सोमबारको मन्त्रिपरिषद बैठकले चिकित्सकको लापरबाहीले कुनै बिरामीको मृत्यु भए बिरामीलाई दिने क्षतिपूर्ति चिकित्सकबाटै भराउने गरी कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । चिकित्सकहरूले उक्त निर्णयविरुद्ध तत्कालै ७२ घण्टे अल्टिमेटम दिएका थिए ।उनीहरूले देशभरका अस्पताल ठप्प पार्दै आन्दोलन सुरु गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मन्त्रिपरिषदको निर्णय सच्याइएको व्यहोरासहितको विज्ञप्ति जारी गरेको हो ।

Share.

Leave A Reply