play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

माडी साँस्कृतिक उत्सव, कृषि पर्यटन तथा ब्यापार मेला–२०७४ आज तेस्रो दिनपनि जारी

0

अशोज १,’ऐतिहासिक, धार्मिक तथा पर्यटन माडीको पहिचान, कला सँस्कृति सम्वद्र्धन र सम्मुन्नत माडी हाम्रो अभियान’ भन्ने नाराका साथ माडी साँस्कृतिक उत्सव, कृषि पर्यटन तथा ब्यापार मेला–२०७४ आज तेस्रो दिनपनि माडीमा जारी रहेको छ ।असोज ८ गतेसम्म चल्ने मेलामा मानिसहरुको सहभागिता बढ्दै गइरहेको आयोजकले जानकारि दिएको छ ।
करिव ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।आज राष्ट्रिय कलाकारहरु प्रिती आले,प्रदिप त्रिपाठी,लोक बहादुर क्षेत्री हास्यकलाकार बल्छी धुर्बे र राजु मास्टरको प्रस्तुति रहने छ भने भोलि हेमन्त शर्मा,बिनु खड्का,भुपराज पाठक लगायतको प्रस्तुति रहने छ मेलामा १२० स्टल, बाल उधान, माडी नृत्य आइडल, राष्ट्रिय कलाकारहरुको प्रस्तुती र माडीका सँस्कृति र पहिचान झल्कने झाँकीहरुको प्रस्तुति समेत रहने आयोजक ग्रामिण सञ्चार सञ्चार माडीका अध्यक्ष सूर्य प्रसाद पाठकले जानकारी दिनुभयो।

Share.

Leave A Reply