play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

माडी साँस्कृतिक उत्सव, कृषि पर्यटन तथा ब्यापार मेला–२०७४ आज दोस्रो दिनपनि जारी

0

भदौ ३१,’ऐतिहासिक, धार्मिक तथा पर्यटन माडीको पहिचान, कला सँस्कृति सम्वद्र्धन र सम्मुन्नत माडी हाम्रो अभियान’ भन्ने नाराका साथ माडी साँस्कृतिक उत्सव, कृषि पर्यटन तथा ब्यापार मेला–२०७४ आज दोस्रो दिनपनि माडीमा जारी रहेको छ ।असोज ८ गतेसम्म चल्ने मेलाको हिजो गृहमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभएको थियो । करिव ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।आज राष्ट्रिय कलाकार रामजी खाड,उमा खनाल,प्रदिप सापकोटाको प्रस्तुति रहने छ भने भोलि प्रिती आले,प्रदिप त्रिपाठी,लोक बहादुर क्षेत्री हास्यकलाकार बल्छी धुर्बे र राजु मास्टरको प्रस्तुति रहने छ मेलामा १२० स्टल, बाल उधान, माडी नृत्य आइडल, राष्ट्रिय कलाकारहरुको प्रस्तुती र माडीका सँस्कृति र पहिचान झल्कने झाँकीहरुको प्रस्तुति समेत रहने आयोजक ग्रामिण सञ्चार सञ्चार माडीका अध्यक्ष सूर्य प्रसाद पाठकले जानकारी दिनुभयो।

Share.

Leave A Reply