play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

उत्तर कोरियाले जापान लक्षित मिसाइल प्रक्षेपण गर्यो

0

भदौ ३०,
उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरिया र जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टी गरेका छन् । जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचारसम्म पुगेको र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाका सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मिसाइल जापानको होकाइडो द्वीपको माथिबाट गएको थियो । दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ । जापानले पनि आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गर्ने बताएको थियो ।
सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको नाकाबन्दीको विरोधमा झनै कडा रुपमा प्रस्तुत हुने प्रतिक्रिया दिएको हो ।
उत्तरले गएको हप्ता मात्र एक शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेको थियो । त्यसका विरुद्धमा पछिल्लो नाकाबन्दी आएको थियो । यस कार्यलाई उत्तर कोरियाले निन्दा गर्दै आणविक परीक्षणको कार्य नरोकिने बरु थप बढाउँदै लाने जनाएको थियो । त्यसै अनुरुप आज पनि जापानमा लक्षित गर्दै उसले मिसाइल छाडेको छ ।

Share.

Leave A Reply