play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

सिनर्जी एफएमले आयोजना गरेको एक हप्ते निःशुल्क रेडियो पत्रकारिता तालिम सम्पन्न

0

भदौ २२,
चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१.६ मेगाहर्जले आयोजना गरेको एक हप्ते निःशुल्क रेडियो कार्यक्रम उत्पादन तथा रेडियो पत्रकारिता तालिम आज सम्पन्न भएको छ । एफएमले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै हरेक वर्ष आयोजना गर्ने निःशुल्क रेडियो कार्यक्रम उत्पादन तथा रेडियो पत्रकारिता तालिम आज एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । सो तालिममा १५० जनाको आवेदन परेकोमा छनोटमा परेका २५ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सिनर्जी एफएमले आयोजना गरेको तालिमबाट सिकेका कुरालाई ब्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।
प्रशिक्षार्थीका तर्फबाट बोल्दै प्रशिक्षार्थी विमला भट्टराईले तालिमबाट आफुले अपेक्षाकृत कुराहरु सिक्न पाएको बताउनुभयो । अर्का प्रशिक्षार्थी मदन भण्डारीले सिनर्जी एफएमले आयोजना गरेको तालिमले आफु भित्र भएको प्रतिभा प्रस्फुटन गर्न सक्ने क्षमताको विकास भएको बताउनुभयो ।
कार्यक्रमा सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहन प्रधानले तालिमले सिनर्जी एफएमको स्थानपना हुनुपुर्व आयोजना गरिएको पत्रकारिता तालिमको स्मरण गराएको बताउनुभयो । सो अवशरमा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहन प्रधान र एफएमका स्टेसन म्यानेजर अमर प्रधानले संयुक्त रुपमा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
एफएमका कार्यक्रम संयोजक रामकान्त पौडेलले स्वागत मन्तब्य राख्नुभएको समापन कार्यक्रम सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहन प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply