play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

माडीमा जारि माडी स्तरीय नकआउट फुटबलमा ३ खेल मध्ये २ खेल सम्पन्न

0

भदौ १९ , माडीमा सर्वा्िधक धनराशिको स्टार स्पोर्टेस क्लव बरुवाको आयोजनमा जारि माडी स्तरीय नकआउट फुटबल प्रतियोगितामा प्रि क्वाटरफाइनल तर्फका ३ खेल मध्ये २ खेल सम्पन्न भएका छन् ।आज भएको पहिलो प्रि क्वाटरफाइनल खेलमा बाल्मिकी युवा क्लब कल्याणपुरलाइ ट्राइबेकरमा ५-२ गोल अन्तरले पराजित गर्दै ज्ञानज्योति युवा क्लब भैरबपुर बिजयी भएको छ निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा धकलिएको थियो त्यस्तै आजै भएको दोस्रो प्रि क्वाटरफाइनल खेलमा बड्स नेपाल बघौडालाइ ट्राइबेकर मै ४-२ गोल अन्तरले पराजित गर्दै युनाइटेट क्लब बिरन्ची बिजयी भएको छ निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको थियो आज को अन्तिम खेल अहिले भैरहेको छ अहिले भैरहेको खेलमा प्रतिभा युवा क्लब सितलपुरले स्वाउलिबास फुटबल क्लब स्वाउलिबासको सामना गरिरहेको छ
यसैबीच भोलिबाट क्वाटरफाइनल तर्फका खेल हुदै छन् भोलि हुने पहिलो क्वाटरफाइनल खेलमा दिउसो १ बजे न्यु डाइमण्ड युवा क्लब नया पर्साले दियो क्लब राधापुरको सामना गर्दा भोलि नै हुने दोस्रो क्वाटरफाइनल खेलमा बसन्तपुर युनाइटेट क्लब ए बसन्तपुरले स्वाउलिबास फुटबल क्लब स्वाउलिबासको सामना गर्ने आयोजक कमिटीका खेल संयोजक अमित लामाले जानकारी दिनुभयो ।माडीभरिका २५ टिमको सहभागितामा रहेको प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहितसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वा्िधक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने साथै सेमिफाईनलमा पुगेका ४ टिमलाई एक÷एक सेट जर्सी वितरण गरिने आयोजक कमिटिका अध्यक्ष सूर्य अधिकारीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply