play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

असोज २ गते प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावमा एमाले पहिलो पार्टी बन्ने अध्यक्ष ओलीको दावी

0

भदौ १८, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज २ गते प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावमा एमाले पहिलो पार्टी बन्ने दावी गरेका छन् ।ओलीले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि पहिलो पार्टी बनेर सरकारको नेतृत्व गर्ने दावी गरे । चितवनको भरतपुरमा अनेरास्ववियुको केन्द्रिय कमिटि र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई आज सम्वोधन गर्दै अध्यक्ष ओलीले ‘धुपौरेहरु’का कारण एमालेको विजययात्रा नरोकिने दाबी गरेका हुन् ।
ओलीले एमाले बिरुद्ध कांग्रेस र माओवादीको गठबन्धनले आफ्नो पार्टीलाइै चुनाव जित्न रोक्न नसक्ने दावी गरे ।कार्यक्रममा ओलीले कांग्रेस र माओवादीको आलोचना गरे । उनले कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्न लाज मान्नु पर्ने टिप्पणी गरे ।एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई एमालेको भातृ संगठन अनेरास्ववियु भन्दा अलि ठूलो भएको टिप्पणी गरे ।

Share.

Leave A Reply