play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रधानमन्त्री देउवाले बाढी पीडितका लागि चाँडै विशेष कार्यक्रम ल्याउने

0

साउन ३०,
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताउनु भएको छ । सुनसरीको इटहरिस्थित गैरीगाउँका बाढी पीडितलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्काल राहत र दीर्घकालीन बासस्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउने आश्वासन दिनुभएको हो । बाढीबाट अति प्रभावित सुनसरीको हवाई निरिक्षण गरेपछि इटहरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले इटहरीको बुढी खोला र शेरा खोलाको बाढी नियन्त्रणका लागि सरकारले तत्काल पहल थाल्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले नेपाली सेनाको पूर्वी पृतना मुख्यालयमा सुरक्षा प्रमुखहरुसँग बाढीको क्षति र तत्काल गर्न सकिने कामका बारेका छलफल गर्नुभएको छ । प्रधानमन्त्रीसँगै सुनसरी पुगेका गृहमन्त्री जनार्दन शर्माले बाढी पीडितका लागि तत्काल राहत स्वरुप ड्राईफुडको व्यवस्था गर्ने बताउनुभयो । बुढी खोला र शेरा खोलाको बाढी बस्तीमा पस्दा इटहरीका तीन हजार परिवार विस्थापित भएका छन् । सात जनाको मृत्यु भएको छ । यस्तै, संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र वाणीज्यमन्त्री मीन विश्वकर्मा लगायतले सुनसरी जिल्लाको बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको थियो ।

Share.

Leave A Reply