play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

युइएफए सुपर कपको उपाधिका लागि आज राति म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबिच प्रतिस्पर्धा हुँदै

0

साउन २४, युइएफए सुपर कपको उपाधिका लागि आज राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल मड्रिडबिच प्रतिस्पर्धा हुँदैछ । खेल मेसेडोनियाको फिलिप द्वितिय एरिनामा नेपाली समय अनुसार राति साढे १२ बजे हुनेछ । युरोपा लिग विजेता म्यानचेस्टर युनाइटेड र च्याम्पियन्स लिग विजेता रियल मड्रिड नयाँ सिजनको सुरुवात उपाधिका साथ गर्ने लक्ष्यका साथ मैदान जाँदैछन् । रियल मड्रिड क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, करिम बेन्जिमासहितका खेलाडी सहित प्रतिस्पर्धामा उत्रँदै छ ।
यस्तै जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड पउल पोग्बा, रामेलु लुकाकु, मार्कश राफोर्ड, क्रिस स्मोलिङसहितका खेलाडीका साथ मैदानमा उत्रने छ । दुवै टिमले प्रतिस्पर्धाका लागि आफूहरुको तयारी राम्रो रहेको बताएका छन् । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफूहरु जितका लागि आएको तर त्यो सजिलो भने नरहेको बताएका छन् । यस्तै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोरिन्होले युरोपको च्याम्पियनसँग खेल्न पाउनु उत्साहको विषय रहेको बताएका छन् । रियल मड्रिड गएको वर्षको विजेता हो ।
रियल मड्रिड लगातार दोस्रोपटक युइएफए सुपर कपको उपाधि जित्ने लक्ष्याका साथ खेल्दैछ । यसअघि सन् १९८९ र सन् १९९० मा इटालियन क्लब एसी मिलानले लगातार दुईपटक उपाधि जितेको थियो । म्यानचेस्टर युनाइटेडले भने पछिल्लो पटक सन् १९९१ मा सुपर कपको उपाधि जितेको थियो । रियल मड्रिड यसअघि पाँचपटक सुपर कपमा सहभागी भएकोमा तीनपटक विजयी भएको छ । यसअघि तीनपटक सहभागी भएको म्यानचेस्टर युनाइटेडले एकपटक मात्रै जितेको छ ।

Share.

Leave A Reply