play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

काँग्रेससहित अन्य दलले आज दर्ता गर्ने

0

भदौ ११ – आगामी मङ्सिर १० गते हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आज विभिन्न पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने भएका छन् ।दल दर्ताका लागि समय सकिनै लागेकाले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि दलहरु अग्रसर भएका हुन् । निर्वाचन आयोगका राजनीतिक दलसम्बन्धी शाखा हेर्दै आउनुभएका शाखा अधिकृत घमचन्द्र तिम्सिनाका अनुसार, नेपाली काँग्रेस, मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक), सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), बहुजन शक्ति पार्टी नेपाल लगायतले आज दल दर्ता गर्न आउने जानकारी दिनुभयो ।निर्वाचन आयोगका प्रवक्ता सुर्य प्रशाद शर्माका अनुसार नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रलगायतका दलले भने यसअघि नै आयोगमा दल दर्ता गराइसकेका छन् ।उहाँका अनुसार स्थानीय तह निर्वाचनमा ८० राजनीतिक दलले दर्ता गराएकामा जम्मा १४ वटा दलका उम्मेदवार मात्रै विजयी भएका थिए ।

Share.

Leave A Reply